Wednesday, August 25, 2010

अहा दार्चुला

दुहु मार्मा छ्ती घुसा लेकम व्यास 
दार्चुला कि सुच्या भन्या कलेजि मा झ्यास 

व्यास हिमाल मा घाम लाग्दा 
महाकाली ले सुसायो 
अपी ले जिस्क्याउदा 
कलापानी टुसायो 
छापरी डाडा अग्लो राम्रो 
गाउ शहर लजायो 
उकु बाकु लाली को सेरो हेर्दै 
चौलानी को पानी ले पात बजायो 
बिरेद्र बन को हरियाली ले 
खलंगा बजार रमायो 
रानीशिखर का लाली गुरास ले 
पुरै लेकम चम्कायो 
थौरै थुम्का सबै अग्लो 
खलंगा बजार पर्‍यो गहिरो 
लाहुरे सबै शहर झर्छन 
दुखी गरीब पाखा पहिरो 
कोइलीले मात्रै होइन गाउने
सुन्न पाइन्छ हामीले यहाँ
धेरै थरिका भाका नि !
ठुले,कान्छा सबै लाहुर
नानि कासी बन पाखा ,
हिउँ झैं देख्नी गोरी गोरी
झनै राम्री ति आखाँ........
हिउँ झैं देख्नी गोरी गोरी
झनै राम्री ति आखाँ।।।।।।




No comments:

Post a Comment