Friday, September 17, 2010

रुपस कि खात

***दशैसँग मेरो गुनासो***


दशै आयो दशै आयो हल्ला चारै तिर
के लाउने हो, के खाने हो, गरीब लाई भो पिर!

पाँच कौडि पैसा छैन, तिमी खोजने खसी
गरीब लाई हेरी हाल, घर भित्रै पसी!

कसैका स्टोभ जलेका, कसैका लाकडा
कसैका दशैका भोज, कसैका झगडा!

हरेक बर्ष दशै तिमी, एउटै रुपमा आउने
घर कंगाली दिन बहारी, यही बिन्ती लाउने!

धनीको लागि दशै नै हो, गरीब लाई दशा
दशै तिमी सँग मेरा, धेरै नै छन गुनासा!

Wednesday, September 8, 2010

नेपाल का नेता

सिंह हौकी ठकुरी हौकी साइ हौकी मल्ल हौ
६-६ चोटि चुनाव गरी प्रधानमन्त्री न बन्या गाई हौकी बल्ल हौ 

को भन्छ्न माअवादी निको कौइ भन्छ्न एमाले 
म भन्छु यिन सबै हुन गधा चोर साले 

जनता जम्मा गरी आन्दोलन गर्न्या सविधान लेखने बेला 
जनता मारी कुर्शी खोजन्या कुकुर का चेला 

१०४ साल राणा ले खायो पञ्चे तिस साल 
तम साला चोर न कि लेखा का गयो काल 

कहिले जंगल कहिले सँसद तम  नाटक गर्न्या 
धनी जती बसी खान्या गरीब जती मरन्या  

  सिंह हौकी ठकुरी हौकी साइ हौकी मल्ल हौ
६-६ चोटि चुनाव गरी प्रधानमन्त्री न बन्या गाई हौकी बल्ल हौ