Friday, September 17, 2010

***दशैसँग मेरो गुनासो***


दशै आयो दशै आयो हल्ला चारै तिर
के लाउने हो, के खाने हो, गरीब लाई भो पिर!

पाँच कौडि पैसा छैन, तिमी खोजने खसी
गरीब लाई हेरी हाल, घर भित्रै पसी!

कसैका स्टोभ जलेका, कसैका लाकडा
कसैका दशैका भोज, कसैका झगडा!

हरेक बर्ष दशै तिमी, एउटै रुपमा आउने
घर कंगाली दिन बहारी, यही बिन्ती लाउने!

धनीको लागि दशै नै हो, गरीब लाई दशा
दशै तिमी सँग मेरा, धेरै नै छन गुनासा!

No comments:

Post a Comment