Monday, May 16, 2011

**१४ अञ्चल ७५ जिल्ला**


कंचनपुर डडेलधुरा बैतडी नि मिल्ला
महाकाली अञ्चल मेरो दार्चुला हो जिल्ला
बझाङ बाजुरा डोटी अछाम कैलाली
सेती अञ्चल मा बोलने भाषा हो डोटेलि
डोल्पा मुगू हुम्ला जुम्ला अर्को कालीकोट
कर्णाली अञ्चलमा फल्ने स्याउ सुन्तली बोट
दैलेख जाजरकोट सुर्खेत बर्दिया
भेरी अञ्चलमा हजुर बाके छ् भनदिया
रुकुम रोल्पा सल्यान प्युठान दाङ र देखुरी
राप्ती अञ्चल चिन्ह टलक्ने खुकुरी
गुल्मी पाल्पा अर्घाखाँची नवलपरासी
रुपहन्देही कपिलबस्तु लुम्बनी बरसि
पर्वत मुस्ताङ म्याग्दी अर्को वागलुङ हो जिल्ला
सबै जोडी चारै ठाउँ धौलागिरी किल्ला
पाचै जिल्ला गण्डगीको सयाङ्जा मनाङ कास्की
तनहुँ लाई छोडि दिये गोर्खा पुगी सास्ती
बारा पर्सा मकवानपुर चितवन रौतहट
उधोग धन्दा फस्टाएछ्न नारायणी का फाट
सिन्धु काभ्रे ललितपुर धादिङ नुवाकोट
काठमाडौं भक्तपुर रसुवा बागमती नोट
दोलखा र रामेछाप सिन्धुली सर्लाही
धनुषा र महोतरी जनकपुर का भाई
सोलुखुम्बु ओखल्ढुङ्गा सिराहा सप्तरी
खोटाङ उदयपुर जिल्ला सगरमाथा भरी
सन्खुवा र तेह्रथुम धनकुटा सुनसरी
मोरङ र भोजपुर जिल्ला कोशी का भितरी
ताप्लेजुङ पाचथर ईलाम र झापा
सबै जिल्ला भनी सके मेची पुगी साफा

दार्चुला जिल्ला का केही तस्विर हरु















Saturday, May 14, 2011

****देउडा गीत****



सपना रोइकन दैब ओछयान भरी आसु
दुबइ मा  खरानी भयो हाडछाला र मासु

जा जा भैसी अल्का  लेक  चर भैसी सालिमा
राती आसु सिरानीमा दिन आसु गालिमा

जेठबैसाख खरी धुप ओइलाई बाठा काग
कठै दैब किन दिये  दुबइ  आउन्या भाग

पाप गर्ने सजाय पाउथ्यो धर्म गर्ने सति
युवा जती दुबइ कतार नेताका कुमति

अपी नाम्पा पहाड मेरो दार्चुला जिल्ला कन
नेता भई राजधानी जान्या मेरै जसा मन

रातादिन हवाइ जहाज उड्दा दुबइ आकाशैमा
बाँच्या त गारुला दर्शन मरया बाकसैमा