Sunday, August 14, 2011

***सूवा लाई पर्देशी को चिट्ठी (डोटेलि गीत)***


***सूवा लाई पर्देशी को चिट्ठी (डोटेलि गीत)*** ----सभार दिल्ली राज फुलारा को एलबम 
सैला कोटी लाटा मुन्डा तेरा कोटी बाघ
रक्षा गरे सारा देव घर छ् तेरा भाग
मेलमिलाप गरेर खानु बुहारी  शाशु ले
जिउ को मात्र नाश गरन्छ जलन का आशु ले
खर्च पानी मुइ दिहालो खाना र लाउना कि
तैले भन्या पती राख्नु आए का पाहुना कि
म तलाई धन्यवाद दिउला मेरो इज्जत राख्या
म भनी आए का पाहुना जन राख्या भोक्या
ल्याइ हाले मेरो आमा चहिने समान पनि
पल्ला गाउ दुकान मा खबर दिये भनी
तेल हाले र मुन्डो कोरे सूवा सिन्दुर नमेटी
नागा भोका जन राखे सूवा मेरा केटा केटी
देउरानी जेठानी मात्र हेर्केली होइरहनु
बाल बच्चा आमा बुवा अब कती भनु
तेरा भर मेरी आमा तेरा भर घर
तेरा भर छोरा छोरी न देखाये डर
दाहिने गोडा ठेस लागन्छी ब आखो फुराउन्छ
जै बेला सम्झना आउछ हिर्दय झुरन्छ
एक दुई गाडा खेती लाये धान घोगा लाई राखे
वदी भने पदी भने कसै का बाइ मागे
सक्या जती खेती लाउनु खान कि चाहिदैछ
न सक्या नगरनु चिन्ता बजार पाउदैछ
अब म सोधन गया घर को कुरा कानी
गोठ पाण के कसो छ् मेरा दुध्या चानी
बोक्या भ्याकी पाठा भ्याकी बाकरो ब्याइग्योकी
बैलो छ् कि गाई को बाछो ब्याउने लाई भैग्यो कि 
दुई कुरा मन का भन्या कि सोराइ काटया थि
हिर्दय लागेकी आग का गैइ फाट्या थि
बा भनेर डाको लाली मेरो छोरा बिपिन
मेरा जिउ को नाश गरन्छ सम्झना का दिन
धर्म कर्म गंगा भित्र सबै पाप कटिझौ
होइ सक्या भेट घाट होइझाउ नत डिठ पडिझौ
नहिटे फुच्यारा सित बदनाम हुन्छ
संगत निका को गर्या आफ्नो इज्जत रन्छ
जन्म र जन्म दिनु सिर्स्टी ताइने छ्
गंगा जमुना भागरथि नारी नै रहेने छ्
औशी आली पुन्यु आली जोगी आउन्ला माता
दैलो मा आफ्नत आउन्ला दान दिनु हो दाता
कोइ मान्छे रहेका आउन्ला कोइ हुन्ला अरैना
गरीब गुर्धा मागन आउन्ला कठै लाडी दाहिन

Monday, May 16, 2011

**१४ अञ्चल ७५ जिल्ला**


कंचनपुर डडेलधुरा बैतडी नि मिल्ला
महाकाली अञ्चल मेरो दार्चुला हो जिल्ला
बझाङ बाजुरा डोटी अछाम कैलाली
सेती अञ्चल मा बोलने भाषा हो डोटेलि
डोल्पा मुगू हुम्ला जुम्ला अर्को कालीकोट
कर्णाली अञ्चलमा फल्ने स्याउ सुन्तली बोट
दैलेख जाजरकोट सुर्खेत बर्दिया
भेरी अञ्चलमा हजुर बाके छ् भनदिया
रुकुम रोल्पा सल्यान प्युठान दाङ र देखुरी
राप्ती अञ्चल चिन्ह टलक्ने खुकुरी
गुल्मी पाल्पा अर्घाखाँची नवलपरासी
रुपहन्देही कपिलबस्तु लुम्बनी बरसि
पर्वत मुस्ताङ म्याग्दी अर्को वागलुङ हो जिल्ला
सबै जोडी चारै ठाउँ धौलागिरी किल्ला
पाचै जिल्ला गण्डगीको सयाङ्जा मनाङ कास्की
तनहुँ लाई छोडि दिये गोर्खा पुगी सास्ती
बारा पर्सा मकवानपुर चितवन रौतहट
उधोग धन्दा फस्टाएछ्न नारायणी का फाट
सिन्धु काभ्रे ललितपुर धादिङ नुवाकोट
काठमाडौं भक्तपुर रसुवा बागमती नोट
दोलखा र रामेछाप सिन्धुली सर्लाही
धनुषा र महोतरी जनकपुर का भाई
सोलुखुम्बु ओखल्ढुङ्गा सिराहा सप्तरी
खोटाङ उदयपुर जिल्ला सगरमाथा भरी
सन्खुवा र तेह्रथुम धनकुटा सुनसरी
मोरङ र भोजपुर जिल्ला कोशी का भितरी
ताप्लेजुङ पाचथर ईलाम र झापा
सबै जिल्ला भनी सके मेची पुगी साफा

दार्चुला जिल्ला का केही तस्विर हरु















Saturday, May 14, 2011

****देउडा गीत****



सपना रोइकन दैब ओछयान भरी आसु
दुबइ मा  खरानी भयो हाडछाला र मासु

जा जा भैसी अल्का  लेक  चर भैसी सालिमा
राती आसु सिरानीमा दिन आसु गालिमा

जेठबैसाख खरी धुप ओइलाई बाठा काग
कठै दैब किन दिये  दुबइ  आउन्या भाग

पाप गर्ने सजाय पाउथ्यो धर्म गर्ने सति
युवा जती दुबइ कतार नेताका कुमति

अपी नाम्पा पहाड मेरो दार्चुला जिल्ला कन
नेता भई राजधानी जान्या मेरै जसा मन

रातादिन हवाइ जहाज उड्दा दुबइ आकाशैमा
बाँच्या त गारुला दर्शन मरया बाकसैमा

Friday, September 17, 2010

रुपस कि खात

***दशैसँग मेरो गुनासो***


दशै आयो दशै आयो हल्ला चारै तिर
के लाउने हो, के खाने हो, गरीब लाई भो पिर!

पाँच कौडि पैसा छैन, तिमी खोजने खसी
गरीब लाई हेरी हाल, घर भित्रै पसी!

कसैका स्टोभ जलेका, कसैका लाकडा
कसैका दशैका भोज, कसैका झगडा!

हरेक बर्ष दशै तिमी, एउटै रुपमा आउने
घर कंगाली दिन बहारी, यही बिन्ती लाउने!

धनीको लागि दशै नै हो, गरीब लाई दशा
दशै तिमी सँग मेरा, धेरै नै छन गुनासा!

Wednesday, September 8, 2010

नेपाल का नेता

सिंह हौकी ठकुरी हौकी साइ हौकी मल्ल हौ
६-६ चोटि चुनाव गरी प्रधानमन्त्री न बन्या गाई हौकी बल्ल हौ 

को भन्छ्न माअवादी निको कौइ भन्छ्न एमाले 
म भन्छु यिन सबै हुन गधा चोर साले 

जनता जम्मा गरी आन्दोलन गर्न्या सविधान लेखने बेला 
जनता मारी कुर्शी खोजन्या कुकुर का चेला 

१०४ साल राणा ले खायो पञ्चे तिस साल 
तम साला चोर न कि लेखा का गयो काल 

कहिले जंगल कहिले सँसद तम  नाटक गर्न्या 
धनी जती बसी खान्या गरीब जती मरन्या  

  सिंह हौकी ठकुरी हौकी साइ हौकी मल्ल हौ
६-६ चोटि चुनाव गरी प्रधानमन्त्री न बन्या गाई हौकी बल्ल हौ