Friday, September 17, 2010

रुपस कि खात

***दशैसँग मेरो गुनासो***


दशै आयो दशै आयो हल्ला चारै तिर
के लाउने हो, के खाने हो, गरीब लाई भो पिर!

पाँच कौडि पैसा छैन, तिमी खोजने खसी
गरीब लाई हेरी हाल, घर भित्रै पसी!

कसैका स्टोभ जलेका, कसैका लाकडा
कसैका दशैका भोज, कसैका झगडा!

हरेक बर्ष दशै तिमी, एउटै रुपमा आउने
घर कंगाली दिन बहारी, यही बिन्ती लाउने!

धनीको लागि दशै नै हो, गरीब लाई दशा
दशै तिमी सँग मेरा, धेरै नै छन गुनासा!

Wednesday, September 8, 2010

नेपाल का नेता

सिंह हौकी ठकुरी हौकी साइ हौकी मल्ल हौ
६-६ चोटि चुनाव गरी प्रधानमन्त्री न बन्या गाई हौकी बल्ल हौ 

को भन्छ्न माअवादी निको कौइ भन्छ्न एमाले 
म भन्छु यिन सबै हुन गधा चोर साले 

जनता जम्मा गरी आन्दोलन गर्न्या सविधान लेखने बेला 
जनता मारी कुर्शी खोजन्या कुकुर का चेला 

१०४ साल राणा ले खायो पञ्चे तिस साल 
तम साला चोर न कि लेखा का गयो काल 

कहिले जंगल कहिले सँसद तम  नाटक गर्न्या 
धनी जती बसी खान्या गरीब जती मरन्या  

  सिंह हौकी ठकुरी हौकी साइ हौकी मल्ल हौ
६-६ चोटि चुनाव गरी प्रधानमन्त्री न बन्या गाई हौकी बल्ल हौ

Wednesday, August 25, 2010

मेरो प्यारो सुदुरपशिम

दार्चुला को गौरा को एक सानो झलक

केही नेपाली देउडा का भिडिओ हरु

अहा दार्चुला

दुहु मार्मा छ्ती घुसा लेकम व्यास 
दार्चुला कि सुच्या भन्या कलेजि मा झ्यास 

व्यास हिमाल मा घाम लाग्दा 
महाकाली ले सुसायो 
अपी ले जिस्क्याउदा 
कलापानी टुसायो 
छापरी डाडा अग्लो राम्रो 
गाउ शहर लजायो 
उकु बाकु लाली को सेरो हेर्दै 
चौलानी को पानी ले पात बजायो 
बिरेद्र बन को हरियाली ले 
खलंगा बजार रमायो 
रानीशिखर का लाली गुरास ले 
पुरै लेकम चम्कायो 
थौरै थुम्का सबै अग्लो 
खलंगा बजार पर्‍यो गहिरो 
लाहुरे सबै शहर झर्छन 
दुखी गरीब पाखा पहिरो 
कोइलीले मात्रै होइन गाउने
सुन्न पाइन्छ हामीले यहाँ
धेरै थरिका भाका नि !
ठुले,कान्छा सबै लाहुर
नानि कासी बन पाखा ,
हिउँ झैं देख्नी गोरी गोरी
झनै राम्री ति आखाँ........
हिउँ झैं देख्नी गोरी गोरी
झनै राम्री ति आखाँ।।।।।।




दार्चुला क केही तस्बिर हरु


Saturday, August 21, 2010

मेरो दार्चुला को बारेमा


  • दार्चुला शव्द उच्चारण गर्दा दारचूला भए पनि स्थानीय भाषाको दुईवटा शव्द धार र चूला वाट विकसित भएको हो । स्थानीय भाषामा धारको अर्थ पहाडको अग्लो चुचुरो र चुलाको अर्थ चुल्हो हुन्छ । यस भेगमा खान पकाउन प्रयोग गरीने चुल्होहरु प्रायः एक समानका तिन ओटा ढुङाहरुमा माटो पोतेर चुचुरो को आकारमा वनेका हुन्छन् । यसरी तिनै तिर चुचुरो धार जस्तो चुल्हो वनाई खान पकाउने ठाउँ भएकाले धारचुला नाम रहेको र धारचुला पछि अपभ्रंस भई दारचुला र त्यसपिछ दार्चुला वन्न गएको हो भन्ने एक थरिको भनाई रहेको छ ।
  • अर्को किम्वदन्ति अनुसार यहाँ स्थित तिन वटा पहाडका चुचुराहरु वर्तमानमा एक पहाड भारत र दुई वटा पहाड नेपाल मै रहेका छन् । फेदी वाट हेर्दा धार परेको जस्तो स्थानीय चुल्होको आकारमा चुचुरो देखिन्छ । प्राचिन कालमा व्याँस हिमालवाट व्याँस ऋषि तपस्या गरी फर्कदा यी तिन धारहरुको चुल्हो वनाई भात पकाई खाएको हूनाले यो ठाउको नाम धारचूला रहन गएको र धारचूला शव्द अपभ्रंस भई दार्चुला रहेको हो भन्ने अर्का भनाई रहेको छ।
  • दार्चुला जिल्लाको सिमाना चीनको तिव्वत क्षेत्र सित जोडिएको छ । तिव्वत संग व्यापार गर्ने यहाँको प्रमुख नाकाको रुपमा व्याँस क्षेत्र रहेको छ । व्याँसवाट तिव्वत क्षेत्रमा आवत जावत गर्दा एउटा भन्ज्याङ् पार गरी जानुपर्ने हुन्छ । जसलाई तिव्वति भाषामा "ला" भनिन्छ । यो भन्ज्याङ् तिव्वत सित व्यापार गर्ने द्वार बाटो भएकोले द्वार र ला शब्दहरु मिलि दार्चुला नाम रहन गएको हो भन्ने पनि अर्को भनाई पाईन्छ 
  • दार्चुला जिल्ला एक हिमाली जिल्ला हो। यहाँको सबै भन्दा बढी उचाईँ भएको ठाउँ अपी हिमालय(उचाईँ-), व्यास हिमालय (उचाईँ-) र त्रिशुल हिमालय (उचाईँ-) चुचुरा हुन् भने सबै भन्दा होचो स्थानजौलजीवी हो। दार्चुला जिल्लाको उत्तरमा चीनको स्वशाषीत क्षेत्र तिब्बत, दक्षिणमा महाकाली अञ्चलको बैतडी जिल्ला पश्चिममा भारतको उत्तराखण्ड राज्य र पूर्वमा सेती अञ्चलको बझाङ जिल्ला र बैतडी जिल्ला पर्दछन